सेतो पाटी बाट साभार
लेखक : भानुभक्त
उसले मेरो सिट
बेल्ट लगाई दिई।
कानमा एयर फोन घुसाइदिएर अगाडिपट्टिको स्क्रिनमाअंग्रेजी फिल्म बजाई र भनी– बेलाबेलामा झ्यालबाट पनि हेर्नु, मान्छे कत्रा देखिन्छन्? उ पत्रिका पल्टाउन थाली।
म पहिलो पटक जहाज
चढेको थिएँ। बसमा भेटिँदा झ्यालतिरको सिट मागेकी उसले त्यही बुझेर हो कि किन हो
मलाई झ्यालतिरै बस्न दिई।
झ्यालबाट हेर्दा
तल मान्छे होइन बादल देखियो। सानो छँदा गाउँमा जब चिलगाडी (हवाईजहाज)को ग्वाँ....ग्वाँ.... आवाज आउँथ्यो। म खाइरहेको
भात छोडेर दौडन्थें। आकाशमा हेरेर काँधमा हाल्ने...