नमस्ते ! यो ब्लगमा तपाँइ लाई स्वागत छ ! www.subashmagar.blogspot.com म र मेरो रोजाइ..... सुबास आले मगर !!!.

Wednesday, July 4, 2012

म र मेरो सुन्दर गाँउ


देखिन्छ बन शैलबाट भमरा डुलदै हिडेका कही ।
देखिन्छन् बनमा चरा चरहरु उड्दै हिडेका कही ॥


आहा कति सुन्दर मनमोहक रमणीय स्थल चारै तीर पहाडले घेरिएको कुना कन्दरा ताल तलैया अटुट रुपमा छङ छङ  झर्ने झरना बनमा चरा चरहरुका सुमधुर आवाज बिचमा समथर खेती योग्य भूमी साथमा बर्षादको त्यो उर्लदो भेलसँगै तादी खोलाको त्यो सुसाई जसले गर्दा साँच्ची नै सुन्यता र नैराश्यतामा विहल भैरहेको मष्तिस्कलाई केहि हद सम्म सान्त्वना दिइ वेदना र ज्वालाहरुले जलन भैरहेको मुटुलाई शितलता प्रदान गर्ने ठाउँ हो - मेरो गाउँ ।

असार साउनको झरि अनि तादीको उर्लदो भेल जीवन केही कष्टकर भएपनि आफ्नो पेसामा उत्तिकै कर्मठ रही सघर्ष शिल जीवन यापन गर्ने यहाँका किसानहरु साँच्चै परिश्रमी छन् । गाउँको मनोरम दृष्यले उन्मत्त त्यो वन पाखा असारे रोपाइ सगैँको त्यो गितको भाका अनि मंसिरमा धान भित्राउदाको खुशी साथी सङगिसगँ तादी खोलामा पौडी खेल्दाको त्यो रमाइलो क्षण आज पनि मेरो मन मस्तिष्कमा गुन्जीरहेको छ ।




बहुभाषिक बहुजातीय र बहुसाँस्कृतिक मानिएको हाम्रो मुलुकमा आज विभिन्न राजनितिकका कारणले जातजातीको नाममा टुकि्रन खोजेको अवस्वथामा मेरो सुन्दर गाउँमा त्यस किसिमको परिस्थिति नभइदिए र सदैव अखण्ड नेपालको साधारण नागरिक हुन पाए त्यसमा नै आफूलाई गर्ब मान्ने थिए ‘म’ ।

अन्ततः न म साहित्यकार न त पत्रकार नै । म त एउटा गाउँमा जन्मिएको आफ्नो देश र जन्मभूमीलाई अति नै माया गर्ने एउटा साधारण नेपाली । त्यसैले सत्तामा पुगेकाहरु लाई भन्न चाहन्छु हे देशका ढुकुटी माराहरु हो यो नेपाल आमाको काखमा मेरो गाउँ जस्तै अरु पनि धेरै छन् यहाँ । सक्छौ भने नेपाल आमाको आशुँ पुछेर हरेक गाउँका वस्ती-वस्तीमा गरिव निमुखा वर्गका लागि विकासका पूर्वाधारहरु लेराउँ । वर्षेनी खोला नालाका भेलले कटान गर्दै गईरहेका ती गाउँले किसानहरुको खेतियोग्य जमिनको वचाउँको लागि, अनि दिन प्रतिदिन विग्रदो अवस्थामा गईरहेका ती गाउँका गोरेटोहरु जहाँ सम्पूर्ण गाउँलेहरुको पाइला अडिन कठिन हुदै गइरहेको छ, मोटरवाटो खनिएको छ तर गाडी गुड्न गाह्रो छ त्यसको लागि विशेस किसिमको पहल गरिदेउ अनि मात्र तिमीलाई नेपाल आमा सच्चा गरिव किसानहरुले मान्ने छन् । हैन भने तिमीलाई नेपाल आमाले कहिल्यै माफ गर्दिनन् र म पनि भन्ने छु हे नेपाल आमा  अव तिमीले यहाँ ६०१ जना जस्ता कपूत छोराहरु हैन हजारौ सपूत छोराहरुको जन्म देउ यीनीहरुको नास गर्न । हाम्रा वीर पूर्वजहरुको आलो रगतले वचेकी तिमी अखण्ड नेपाल आमा आज यहाँ हजारौ रावण र कंस जस्ता जन्मीनाले आज तिमीलाई हरण गरि वलत्कार गर्न खोज्दैछन् त्यसैले यहाँ हजारौ राम र कृष्णको जन्म हुनु परेको छ उनीहरुको नास गर्न । सीता र पासाङल्हामु जस्ता नारीको जन्म देउ पतिव्रता र सहासी नारीको पाठ सिकाउन अनि हजारौ वुद्धको जन्म गराइदेउ शान्तिको उपदेश छर्न ।

उहि नेपाल आमालाई माया गर्ने
म र मेरो सुन्दर गाउँ



0 comments:

Post a Comment

यो लेख तपाईं लाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला धन्यबाद ।