नमस्ते ! यो ब्लगमा तपाँइ लाई स्वागत छ ! www.subashmagar.blogspot.com म र मेरो रोजाइ..... सुबास आले मगर !!!.

Saturday, January 30, 2016

झ्यालतिरकी युवती - भाग ३ (अन्तिम भाग)

सेतो पाटी बाट साभार 

लेखक : भानुभक्त 
उसले मेरो सिट बेल्ट लगाई दिई। 
कानमा एयर फोन घुसाइदिएर अगाडिपट्टिको स्क्रिनमाअंग्रेजी फिल्म बजाई र भनीबेलाबेलामा झ्यालबाट पनि हेर्नु, मान्छे कत्रा देखिन्छन्? उ पत्रिका पल्टाउन थाली। 
म पहिलो पटक जहाज चढेको थिएँ। बसमा भेटिँदा झ्यालतिरको सिट मागेकी उसले त्यही बुझेर हो कि किन हो मलाई झ्यालतिरै बस्न दिई। 

झ्यालबाट हेर्दा तल मान्छे होइन बादल देखियो। सानो छँदा गाउँमा जब चिलगाडी (हवाईजहाज)को ग्वाँ....ग्वाँ.... आवाज आउँथ्यो। म खाइरहेको भात छोडेर दौडन्थें। आकाशमा हेरेर काँधमा हाल्ने क्रस फित्ता भएको कट्टुको पछाडिको भाग देखाउँथें अनि पेटैदेखिको बल लाएर चिच्याउँथेए चिलगाडी, मेरा बुवालाई भन्दिएईतेरा छोराको कट्टु च्यातिएको छ, नयाँ ल्याईदिनु।

ती चिलगाडी कहाँ जान्थे थाहा थिएन। म चिच्याएको सुन्थे वा सुन्थेनन् त्यो पनि मतलब हुन्थेन्। जब बुबा बम्बैबाट आउँथे म लाडे पल्टिदै भन्थेंमैले चिलगाडीसित भन्या थें। मेरो कट्टु च्यातिया छ।  बुवाले ल्याएको नयाँ कट्टु लगाएर सोच्थेंसबै चिलगाडा बम्बै जाँदा रैछन्।

‘...एण्ड हाफ ब्लाक लेबल प्लिजउसको आवाजले मेरो स्मृतिको रिल टक्क रोकियो। फर्किएर हेरें। एयर होस्टेससँग उ खानेकुरा मगाईरहेकी थिई। काठमाडौंबाट दोहाको गन्तव्य पछ्याइरहेको जहाजकी एयर होस्टेसले मतिर हेरेर भनीएक्जुमी सर। मैले केही बोल्न नपाउँदै उसले भनिहालीसेम। 

कफी सपमा त के खान्छौ भनेर सोधेकी थिइन, जहाजमा झन् के सोध्थी, मेरोभन्दा बढी उसैलाई थाहा थियो। 

दोहाको ट्रान्जिटमा उसले तिहारको बेला कोठामा भएको घटनाको कुरा निकालीतिमी महिलाबारे त्यति कन्जरभेटिभ छौ भन्ने सोचेकी पनि थिइन। थाहा छ त्यो दिनदेखि तिम्रो अनुहार पनि नहेर्ने प्रमिस गरेकी थिएँ।‘ 
अघिल्लो जुनीमा धर्मकर्म त धेरै नै गरेकी रैछ, जस्को अनुहार नहेर्ने प्रमिस गरेकी थियौ उसैसँग हनिमुन मनाउन पाइरहेकी छौमैले हाँस्दै भनें। 
धर्म, कर्म, लोग्ने, स्वास्नी के रै छ त्यो त उता गयौ भने थाहा पाउछौउसले भनी स्वास्नीमान्छेलाई दबाउनु पर्छ भन्ने तिम्रो सोच पुरै ३ सय ६० डिग्री बदलिन्छ।
म त महिलालाई उ यसरी राख्नुपर्छ भन्छु, जहाँ पुगेपनि के मतलबहाम्रो अघिल्लतिर बसेकी एक बुर्काधारी महिलालाई देखाउँदै भनें।
तिम्रो नि अनुहार हेर्यो भने माया लाग्छ सोच सम्झ्यो कि पारो तात्छ।‘ 
तिम्रो पारो तताउन सेलाउन तिमीलाई पुरै अधिकार छमैले भने फेरि कतारमा गर्मी धेरै हुन्छ रे पारो त त्यसैपनि तातिहाल्छउसले मुख बिगारी। जवाफ फर्काइन। 
अर्को जहाजका लागि दुबै जनाको बोर्डिङ पास उसैले ल्याई। जहाज दोहाबाट उड्यो। स्क्रिनमा नक्सा देखाउँदै उसले भनीयी जहाज उड्ने बाटो यो हो। 
***
दुइटा टिकट दिँदै काउन्टरको केटाले सोध्योकिन जान लाग्नु भो म्याम
टिकट समाउँदै उसले भनीदेख्नुभएन मंसिर लागेको, हनिमुन मनाउन नि। 
त्यो केटाले पुलुक्क मतिर हेर्यो। गहिरो सोचमा डुबेजस्तो निन्याउरो अनुहार पारेर म कुर्सीमा बसेको थिएँ। उसले हेरेको देखेर फिस्स हाँसे। 
यो तिम्रो टिकट। टु वे हो हराउला नि फेरिउसले भनी। 
टिकट समातेर म उसको पछि लागें। 
हेल्मेट लगाएर उस्ले स्कुटरको स्टान्ड हटाई र भनीस्वास्नी मान्छेले चलाएको स्कुटरमा बस। म बस्न खोज्दै थिएँ उसले थपीअनुहार हेर्यो भने तिम्रो माया लाग्छ सोच सम्झ्यो कि पारो तात्छ। 

मैले केही बोलिनँ। उसले स्कुटर कुदाई। पुरानो बसपार्क पुगेपछि ब्रेक लाउँदै भनीपर्सी टाइममै एयरपोर्टमा पुग्नु नि फेरि। तिम्रो गाउँ जाने जिपजस्तो होइन, प्लेन टाइमै उड्छ।

कीर्तिपुर आउने बस कोचाकोच थियो। केही केटाहरू छतमा चढेका थिए। म उनीहरूकै हुलमा मिसिएँ। 

तिहार सकिएपछि खुसीले मेरो भूईंमा खुट्टा थिएन। २ हप्ते तालिमका लागि विदेश जाने भएको थिएँ। फेसबुकमा स्टाटस राखेपछि बधाइको ओइरो लाग्यो। धेरैले भनेखप्परमा त लेखेरै ल्याको रैछस्। जिन्दगी बनाइस्। 
सबैभन्दा पुछारमा आभा लिम्बूको कमेन्ट थियोबधाई छ, बरु सँगै जाऊँ। 

एकाबिहानै कोठाबाट बेपत्ता भएकी उसको कमेन्टले मेरो मुटुमा हलचल ल्यायो। उही हो कि अरु हो भनेर चार/पाँचचोटि कमेन्ट पढें। मन थाम्न सकिनँ। फोन गरें। 
हेलो मिस्टर कन्जरभेटिभ पत्रकार, सञ्चै छौ?' उसले पुरानै स्टाइलमा सोधी।
तिमी पनि अमेरिका जान लाग्या हो र
हो नि।उसले भनी। 
किन?
हनिमुन मनाउनउ हाँसी।
कोसँग?
अँ...एक्लै।
द्वन्द्व व्यवस्थापन विषयमा पढ्न उसले अमेरिकाको एक विश्वविद्यालयबाट छात्रवृत्ति पाएकी रैछ। जागिरबाट राजीनामा दिइसकेको बताई। सँगै जाउँउसले भनी कमलादीमा एउटा चिनेको ट्राभल एजेन्सी छ, पैसा ल्याएर भोलि टिकट काट्न त्यहीँ आउनु।
***
हनिमुन कस्तो भइरहेको छ?
मेट्रो स्टेशनको बाहिर कुरिरहेकी उसलाई मैले सोधें।
उत्तर नदिई उ सरासर स्टेशन भित्र गई। एटिम कार्ड जस्तो चिज मेरो हातमा थमाई। उस्ले अर्को त्यस्तै कार्ड मेसिनमा टच गरी। बन्द ढोका स्वाट्ट खुल्यो। मैले पनि त्यसै गरें। देख्यौ चमत्कार,‘ उसले भनी यो कार्डमा पैसा छ।
काठमाडौंमा पनि मेट्रो रेल चलाउने भन्या छन्, यस्ता जाबा चमत्कार त उतै भइहाल्छ निमैले भने। उसले बोल्ने शब्द पाइन। मेट्रो चढिसकेपछि सोधीतिमीलाई यहाँको सबभन्दा के मन पर्यो
हाइटी खैरेनी र मोटा ओठ भएकी कालीहरूमैले भने एउटी कालीलाई बुहारी बनाएर लिन पाएको भए आमा के भन्दी हुन्?‘
उस्ले पुलुक्क मेरो अनुहार हेरी र भनीअनि म?
तिमी त छँदै छौ, मर्दकी दुईचार वटी हुन्छन् रे नि त। 
तिमी संसारको जुन कुनामा गए पनि नसुध्रिने भयौउसले भनी अनुहार हेरे माया लाग्दो सोच सम्झ्यो कि पारो तात्ने।'
दुई हप्ते तालिम सकेर म अर्को दिन नेपाल फर्किदै थिएँ। दिनभरि उसले कताकता घुमाई। मलाई सबै ठाउँ उस्ताउस्तै लागे। 

साँझ उसले रात्री क्लबमा लिएर गई। मैले मेसो पाउन नसकेको गीतको धुनमा केटाकेटी सँगै नाचिरहेका थिए। उ पनि हुलमा मिसिई। म कुर्सीमा बसेर काली केटीहरूका मोटा ओठ र घुम्रिएको कपालमा आँखा डुलाइरहेको थिएँ। एउटा काले केटो उसका दुबै हात समाएर नाच्न थाल्यो। 
उसको नजिकै  गएर भनेंम जान्छु, जे मन लाग्छ गर्नु। 
उसले काले केटाको हात चटक्क छोडी र मेरो पछि  लागी। 
आइन्दा यस्ता क्लबमा न आउनु, नत्र नेपाल फर्किएयौ भने सीतालाई जस्तै अग्नी परीक्षा लिन्छुमैले धम्क्याएँ।
दुनियाँ देखिसके पनि नबदलिने तिम्रो कन्जरभेटिभ सोचलाई माने मैलेंउसले भनी।

अर्कोदिन मलाई छोड्न उ  डेलस विमानस्थलसम्म आई। मेट्रोबाट झरेर सिल्भर लाइन एक्प्रेस बसमा आउँदा भन्दै थिईदेश भनेको यस्तो हुनुपर्छ। हेर यहाँको विकास। उता गएर कुन नेताले के भन्यो, कुन हिरोइनको कोसँग अफयेर र ब्रेकअप भयो भन्नेमात्र नलेख्नु। देश कसरी विकास गर्न सकिन्छ भनेर लेख्नु। मैले कुरा बुझेंझै गरी टाउको हल्लाएँ। 

रात्री क्लबमा झुक्किएर पनि नजानुछुट्टिने बेलामा मैले भनें। उसले केही बोलिन। आमालाई पठाई दिनु भनेर सानो पोको मेरो ह्याण्डक्यारीमा राखिदिई। छुट्टिने बेलामा ग्वार्लाम्म अँगालो मारी। गहभरि आँशु पारी। 

दुई वर्षपछि भेट भइहाल्छ नि भन्दै म भित्र पस्न खोजें। 
तिम्रो जस्तो ढुंगाको मन छ रउसले भनी। 
भित्र पुगेर सिसाबाट बाहिर हेर्दा उ मलाई विदाइका हात हल्लाइरहेकी थिई। आँखा भरिएका नै थिए। यताउति हेरें। सबै आआफ्नो सुरमा देखें। त्यही मौकामा दायाँ हातका चार औंला ओठमा पुर्याएँ र उतर्फ फालेर मुस्कुराएँ। उसले हाँसो थाम्न सकिनँ।

नाकाबन्दी झेल्न आइपुगियोत्रिभुवन विमानस्थलमा पुगिसकेपछि लेखेको फेसबुक स्टाटसमा कोठामा पुगुञ्जेल धेरैले कमेन्ट गरिसकेका थिएबुद्धी नभएपछि त्यस्तै हो।

मान्छे अमेरिका जान लाखौं खर्च गरिरहेका छन् तलाईँ के खान नेपाल फर्कनु परेको?
तेरो दिमागमा राष्ट्रियताको सैतान रैछ।
ग्रिनकार्डको लाइन छोडेर पेट्रोलको लाइन बस्न आउनेको मगज खुस्केको हुन्छ। यस्तालाई पाटन अस्पतालमा भर्ना गरियोस्।

कमेन्ट पढ्दा पढ्दै आभा लिम्बुको सन्देश आयोहलो मिस्टर पत्रकार, पुगें पनि भन्नु पर्दैन।
स्टाटस लेखिसकें त।
मैले पनि त्यही स्टाटसमा चित्त बुझाउनु पर्ने?‘ उसले भनी।
हनिमुन कस्तो भइरहेको छ? मैले प्रतिप्रश्न गरें।
उसले पानको पातको चिन्ह पठाई र लेखीदुई वर्ष दुई जुनीजस्तो लाग्न थाल्यो। मिस यु टु मच मिस्टर पत्रकार, तिमीले मलाई मोहनी लगाइसक्यौ।  

अचेल पेट्रोलको लाइनमा बस्दा होस् या हिँड्दै अफिस आउँदा जाँदा मपनि उसको यादमा एकोहोरिन्छु। सोच्दासोच्दै शंका लाग्छकतै उ रात्री क्लबमा काले केटासँग हात समाएर नाचिरहेकी छ कि।

0 comments:

Post a Comment

यो लेख तपाईं लाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला धन्यबाद ।