नमस्ते ! यो ब्लगमा तपाँइ लाई स्वागत छ ! www.subashmagar.blogspot.com म र मेरो रोजाइ..... सुबास आले मगर !!!.

चिठ्ठी-पत्र


कलम काकालाई भतिज किबोर्डको पत्र - गोविन्द बेल्वासे

काका कलमजी
नमस्कार जय नेपाल अभिवादन तथा मेरो ुइन्टरु
मेरो र माउसबीचको मित्रता मनपराउनेहरुको कमी छैन । तर तपाईको र मेरो सम्बन्धका बारेमा विविध अनुमान हुने गरेका छन् । तपाई र मेरो बीचमा कुनै कटुता छैन-भन्ने हामी दुवैलाई थाहा भए पनि चाँडक्य नीतिका अनुयायी भनुवाहरुलाई यस कुरामा विश्वास छैन ।
तपाईलाई त मैले आफनो अग्रज र मार्ग दर्शकको रुपमा बुझेको छु । तपाईका अगाडि म बच्चै हु नी । मेरो त उमेरै कति पो भयो र ! तपाईको बाँस र निगालाका रुपको बालक पन मैले अहिले ब्यहोरिरहेको छु भन्दा पक्कै बढी कुरा गरेको ठहरिने छैन । तपाईको त्यो बालक अवस्थामा दवात मसी संगको मित्रतालाई पनि अहिले मेरो र माउस बीचको सम्बन्धका बारेमा चर्चा परिचर्चा भए जस्तै चर्चा परिचर्चा हुने गथ्यो रे । मसीको सिसी भित्र चोवलीने बाहिर आउने फेरी भित्र जाने र बाहिर आउने क्रमलाई अनेक कोणबाट विवेचना पनि भएकै हो । बुझ्नेले मानव विकास तथा सभ्यता बढाउनमा तपाईको योगदान बताए । नबुझनेले मसी पोखिदा फोहोर हुने तथा दाग लाग्ने घटनाको दोष पनि तपाईलाई दिए ।
मेरो किबोर्ड र माउसको उमेरमा अलि फरक छ । म उनी भन्दा अलि जेठो छु । तर मसी र तपाई कलम काकाको उमेर ठ्याक्क मिलेको भन्छन् सवैले । कलम र मसी एकै पटक जन्मेका हुन भन्छन् बरु आधुनिक युगमा मसीलाई तपाईले आफु भित्रै समाहित गरेको तपाईको पाको उमेरलाई झट्ट् हेर्दा मसी र तपाईले सँगै बाँच्ने सँगै मर्ने भनेर खाएको कसम पनि पुरा भएको भान हुन्छ । आज भोलि त तपाई र मसीको सम्बन्ध पनि फेक्ट्री भित्रै लुकेर हुने गर्छ । सिसिभित्र खुलेयाम डुबुल्की मारेर भित्र बाहिर गर्ने तपाईको चाला हराएकोमा तपाईलाई आधुनिक बनेको पनि भनिन्छ । माउस नानीसँग मेरो सम्बन्ध जोडिए पछि हाम्रो उपस्थिति घर-घरमा हुन थालेको हो । तर मेरो अस्तित्व भने त्यो भन्दा धेरै पहिले देखि भएको हो । सिपीयू महोदयको नेतृत्व र माउससँगको सहकार्यले टाइपराइटरको मेरो पुरानो भूल्ले स्वरुपलाई सुधारेको हो । दशैंको आशिर्वाद लागेर होला डाडाँ काँडा ढाक्ने सन्ततीका रुपमा मौलाएर घर-घर सम्म पनि म अटाएको छु । आज भोलि त घर काम जताततै ठटाइन्छु म । घोचीघोची कजाइन्छु म ।
मेरो अहिलेको बालकपन सत्ताको संरचना जस्तो छ । इलेक्ट्रोन प्रोटोन र न्यूटनको अस्तित्व काम र कर्तब्यलाई बैज्ञानिकले सन्तुलित पारेर माउस नानी सिपियू र म किर्वोड बहादुरको विकास गरेका हुन । हाम्रो काम र कर्तब्य पनि कार्यपालिका ब्यवस्थापिका र न्यायपालिकाको जस्तो छ । मोलेक्यूवस भित्रको इलेक्ट्रोनको भूमिका जस्तो चलायमान भूमिका मैले निभाईरहेको हुन्छु । दश औलीका थिचाइवाट फटफटाइरहेको हुन्छु । मेरो उमेर पनि बढ्दै जाँदा कुनै न कुनै दिन त मेरो स्वरुप पनि सुन्दर बन्ला ।
मसीसँग विवाह भएर हजुरले आफै भित्र विलय गराएको र पुूस्रदको बेला मनुष्यको छातिमा टेक्ने तपाईकलमको अवस्था जस्तै मेरो पनि अवस्था बन्ला भन्ने पनि आशा छ । माउस नानीलाई अरुले हत्केलामा थुनेर किचिक्क थिचेको म छेवैमा बसेर हेरिरहने दिन कहिले हराउँला भनेर पर्खिबसेको छु । मेरो आशा पनि ज्ञानेन्द्रले नारायणहिटी छोड्लान कि भनेर राजनैतिक दलहरुले आशा गरे जस्तै भएको छ । मेरी माउस पियारीलाई अरुले समाएर यता उता नचाउने चलन कुनै न कुनै दिन हराउला भनेर पनि आशा गरेको छु ।
मेरी माउसको बैस चढ्दो छ । झन पछि झन सुन्दर बन्दै छिन् । कहिले काँही त उनी आफनो पुच्छर पनि लुकाएर वायरलेस माउसको रुपमा मस्किन्छिन् । म पनि के कम भनेर पुूर्ति लाउनलाई मात्र भए पनि टुप्पी काटेर वायरलेट किर्वोड बनिदिन्छु ।
कलमजी उमेरले त हजुर मेरोकाका जस्तो हुनुहुन्छ । काकी रुपी मसीको त बिलय नै भैसक्यो । सँच्चै भनौ मने त तपाईको र मसी काकीको लगन गाँठो गाँसिएको पनि थुप्रै भैसक्यो । कसैले भन्छन् किर्बोड भतिजाले कलम काकाको अपुताली नै स्याहारी सक्यो । अब कलम काकाको के काम । तर के हुन्थ्यो कलम काकाको मार्गमा चल्ने म भतिजाको त्यस्तो विचारै होइन । काकाको आफनै भूमिका छ । वैज्ञानिकहरुले मेरो बारेमा सोँच्दा उनीहरुलाई हरतरहले सहयोग गर्ने पनि कलम काका हजुर नै हुनुहुन्छ । बरु कागज र मसी दुइटी सौता काकीहरु आपसमा झगडा गरिरहेर हैरान भएकोले तपाईले मसी काकीलाई आपुूमा बिलय गर्नु भएको पो हो कि भन्ने लाग्छ मलाई त । मसी काकी पनि अलि रिसाहा पो थिइन त । कहिले काँही रिस उठ्दा त कापी भरी पोखिएर कापी नै भताभुङ्ग पार्थिन । आजकाल भने कापी काकी एक्लै भएर मोजमस्ती गरेकी छन् । तपाई कलम काकाको र कागज काकीको जोडा खुवै मिलेको छ ।
भतिजको नाताले पनि कलम काकाको काम सघाउँनु मेरो कर्तब्य हो । अपुताली स्याहार्ने त मेरो विचार हुँदै होइन । हजुरले चिन्ता लिनै पर्दैन् । हजुरको अस्तित्व सदैव रहने छ । पि्रन्टर सँग मेरो मिलिभगत माथि हजुरले गरेको शंकामा सत्यता छैन । म आफनै रफ्तारमा काम गरिरहेको हुन्छु । हाम्रो दुनियाँ तपाईको दीक्षा अनुसार अगाडि बढिरहेको छ । तरबार र तपाई मध्ये को बलियो भन्ने तछाड मछाड पनि हामीमा छैन । हामी त बरु एक आपसमा सहायक हुनसक्छौ । मलाई ठटाए घोचे हजुरलाई औलाले अड्याएर हत्केलामा माया गरे भन्ने पनि मलाई डाहाड छैन । मलाई त हजुर कलम काकाको आशिवार्दमा चल्न पाए हुन्छ । हजुरकै मार्गदर्शनमा चल्न पाए हुन्छ । आखिर हामी काका भतिज नै अक्षरको खेती गर्नेका सेवक न हौ ।
भवदीय
किबोर्ड बहादुर
———————————————————-


किबोर्डको पत्र
आदरणीय मेरा संचालकज्यू
नमस्कार जयनेपाल र अभिवादन सहितको मेरो क्लिकु
मेरो इन्टरु र मेरी अभिन्न मित्र माउसको क्लिकुका वारेमा मैले अब परिचय गराई रहन परोइन भन्ने विश्वास लिएको छु । मेरो नाम किबोर्डू हो । मेरै छेउमा रहिरहने र तपाइलाई सहयोग गर्ने अवस्थामा सहकार्य भैरहने माउससँगको मेरो मित्रतालाई हजुरले मनपराउनु भएको छ भन्ने ठानेको छु । तपाईको आपत्ती छैन होला भन्ने ठानेर माउस नानी र मेरो सम्बन्ध गहििरंदै गएकोले हामी लगन गाँठोमा बाँधिन पाए हुन्थ्यो भन्ने मेरो चाहना अवगत गराउन चाहान्छु । हामी दिनरात सँगै बसेको देख्दा हाम्रो सम्बन्ध र नाताको बारेमा निकै टिका टिप्पणीहरु पनि भएका रहेछन् ।
मैले प्रकट गरेको मेरो चाहनाका वास्तविक तथ्य र व्यहोरा हजुरका जुनाफमा जाहेर गर्नु भन्दा पहिला मेरा पीर मर्काबारे उल्लेख गर्न चाहान्छु । सर्व प्रथम त मेरा रुपका बारेमा मेरो गुनासो छ । मलाई कालो वर्ण रुप दिएकै कारण मैले थुप्रै समस्या भोग्नु परेको छ । म कालो भएकै कारण मेरो वरिपरि भएका फोहर प्रति तपाईको ध्यान जान नसकेको हो भन्ने मैले बुझेकै छु । मेरा हरेक अंगका बीचमा रहेका खाली ठाउँ फोहोर जम्मा हुने ुबिनु बनेको हुन्छ । प्रयोगशाला ल्याव मा लगेर परीक्षण गरेको खण्डमा यो बिन भित्र तपाइको ट्वाइलेटमा भन्दा बढी ब्याकटेरिया लगायतका किटाणु भेटाउनु हुनेछ । आफनो ट्वाइलेटमा सधै जसो के के केमिकल हालेर सफा गर्ने तर मलाई कहिल्यै सफा नगर्ने हजुरको चाला प्रति मेरो सारै ठूलो असन्तुष्टि रहेको छ ।
पहिले पहिले त हजुरहरुले मलाई अलि कम ठटाउनु हुन्थ्यो । एक छिन औला औलाले ढटाए पनि धेरै समय मलाई विश्राम गर्न दिनु हुन्थ्यो । काम नहुँदा ढाकेर राख्ने हुनाले पनि फोहरले मलाई त्यती सताउने गर्थेन । तर आजकाल हरेक दिन इमेल भन्ने पत्र लगायतका लेखन कार्यमा पनि मलाई ठटाइ-ठटाइ औलाले घोची-घोची काममा लगाउनु हुन्छ । कुनै दिन पनि विश्राम पाउँदिन । तपाईका छोरा छोरीले गेम खेल्दा त झन मलाई कतिठटाउँछन भने सितिमिती मैले विश्राम नै पाउन छाडेको छु । मलाई जति ठटाए पनि जति घोचे पनि मेरै छेऊँकी पियारी माउसलाई औलाले विस्तारै क्लिक गरेको धुनले भने मलाई रोमान्स गराइरहन्छ । वडो माया गरेर मेरी पियारीलाई तपाईले हत्केलामा थुनेर यता उता नचाँउदा भने मलाई डाह पनि लाग्छ । तपाएको चोर औलाले किचिक्क थिचेर क्लिक गर्दा उनको ज्यान सिरिङ्ग हुन्छ । त्यसको सन्देश सिपियु र स्क्रिनमा जाँदा मैले पनि चाल पाइरहेको हुन्छु । डाहड लाग्छ ईश्या हुन्छ मुमुरिन्छु तर म लाचार छु तपाईको विरुद्ध म केही गर्न असमर्थ छु ।
म त हजुरको सेवक ठहरिए । तपाइले अह्राएको मान्नु मेरो कर्तब्य हो । तर मेरो सुख सुविधा प्रति ध्यान दिएर मलाई सुविधा पुर्याउनु भयो भने हजुरको सेवामा खटिदा मेरो कार्यदक्षता इफिसेन्सी बढ्यो भने तपाईलाई फाइदा हुने छ । मलाई सुविधा दिन तपाईको कोष भरिपूर्ण हुनेछ । आशा छ मेरो गुनासोलाई हजुरले मनन गर्नुहुनेछ । ध्यानदिनु हुनेछ र कार्यान्वयन पनि गर्नुहुने छ ।
मेरो सुविधाका लागि मेरा कुना काप्चामा रहेको फोहोर भ्रष्टाचार सफा गरिदिनुहुन सादर अनुरोध छ । तपाईको व्यस्त दैनिकीलाई मैले बुझेकै छु । यो व्यस्ततामा कम से कम हप्ताको एक दिन मेरो फोहोर हटाइदिनु हुन यदि सिफारिस गर्नुपर्छ भने मेरी पियारी माउसको सिफारिस गराउन सक्छु । माउस पियारी त अलि रिसाहा पनि छन् । उनलाई फोहोरले सतायो भने तपाईलाई उनले चेताइ हाल्छिन् । उनको विस्तरा सफा गर्न तपाईलाई विवस पार्छिन । कहिले काँही त उनको पिधंको डल्लो खोलेर तपाइले सफा गरी दिएको म टुलुटुलु हेरेर बस्छु । उनी भने लाजले भुतुक्क भएकी हुन्छिन् । उनको फोहोर सफा गरेपछि तपाइले फेरि उनलाई हत्केलाले थुन्दा मेरो मन रोइरहेको हुन्छ । उनलाई सफा गरेपछि तपाइको स्क्रिनको एरो सरसर्ती दगुरेको हुन्छ । तपाई रमाइरहेको पाउँछु । त्यसबेला माउस नानी र मेरो खस्यांक खुसुक्क चल्ने गर्छ । हामी तपाईलाई पक्षपाति ठहर्याउँछौ । मानवअधिकारका कुरा उठाउन हामी मानब नभए पनि कम्प्युटाधिकारका आधारमा समानताको कुरा उठाएर आन्दोलन गर्ने पनि कहिलेकाही कुरा चल्छ तर अझै हामीले संघर्ष र आन्दोलन गर्ने विचार भने गरिसकेका छैनौ ।
तपाई माउसलाई सफा राख्ने तर किवोर्ड सफा नगर्ने पक्षपाती भएको हाम्रो ठहर छ । हाम्रो फैसलाका ठहर खण्डमा हप्तामा कमसेकम एक दिन किवोर्डको फोहोर फाल्न लगाइने आदेश उल्लेख गरिएको छ । यो आदेश नमानेमा तपाईलाई सजाय स्वरुप बजारमा गएर अर्को किवोर्ड किनेर ल्याउन सजाय तोक्न तपसिल खण्डमा हामीले जनाएका छौ । हाम्रो फोहोर नफालेका कारण तपाईका कि्रयाकलाप बन्द गर्न हामीले किबोर्ड बन्द आन्दोलन चलायौ भने इन्टरनेटबाट किबोर्ड अर्डर गर्ने अनलाइन शोपिङ विकल्प पनि हराउने छ । त्यसैले आजैबाट आफनो किबोर्ड सफा गर्न यो चेतावनी पनि दिइएको जानकारी गराउन चाहान्छु ।
यो त हजुर साइवरको जमाना । हामी विना तपाइका हातमुख पनि नजोडिने जमाना । त्यसैले हाम्रो सेवा गर्नु तपाईको बाध्यता पनि हो । आजभोली हाम्रै सहायताले तपाईका नयाँ साथी बन्छन् । पुराना साथीहरुसंग भलाकुसारी हुन्छ । हाम्रै सहयोगले तपाईको व्यापार चल्छ हाम्रै कारण तपाइको रोजीरोटी चल्छ । हामी विना कसैको दैनिकी चल्दैनन् । कोही भने रेलमा हिडँदा पनि मलाई साप्रा मािथ राख्छन् । माया गरेका हुन भनौ भने पियारी माउस सँगको साथ छोडाउँछन् । हेला गरेका हुन भनौ भने टेबुलको किर्बोड भन्दा साचालकज्यूको साप्रा माथि बस्ने ल्यापटपको किर्बोड भएका नाताले तुलनात्मक रुपमा मलाई अलि सफा राख्छन् । तर के गरु हजुर ल्यापटपले नपुंसकता बढाउँछ भनेर अनुसन्धानकर्ताले के भनेका थिए मलाई त टेबुलमै थन्काउन थालेका छन् । मेरो व्यथा र मर्म त जनताको जस्तो छ हजुर संाचालकको रोव रवाफ सरकारको जस्तो छ । आधुनिक दास बनाउने आजको जमनामा भूमण्डलीकरणको गति बढाउनमा पनि मेरै देन छ । त्यसैले हजुर मेरी संगिनी माउसको साथ मलाई सधै मिलोस भन्नका लागि हाम्रो लगन गाँठो चाँडै बाधियोस । यो लगन गाँठोबाट जन्मने नयाँ संविधानले दुःख र पीडामा बाँचेका जनतालाई उत्थान गरोस । त्यसैका लागि हामी जनतारुपी किर्बोड र पियारी माउसको लगन गाँठो बाध्ने नयाँ संविधानको जन्ममिति पर्खिरहेको व्यहोरा सविनय नम्र निवेदन गर्दछु ।
भवदीय
सधै तपाइको हिर्काइ खाने
किर्बोड

0 comments:

Post a Comment

यो लेख तपाईं लाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला धन्यबाद ।