नमस्ते ! यो ब्लगमा तपाँइ लाई स्वागत छ ! www.subashmagar.blogspot.com म र मेरो रोजाइ..... सुबास आले मगर !!!.

सुवास ब्लग “म” र मेरो रोजाई....

यो ब्लग “म र मेरो रोजाई” का पन्नाहरु मा यहाँ हरु लाइ स्वागत छ!!

फेसबुकमा “म”

सामाजिक सन्जाल फेसबुक मा मलाइ भेट्नी बाटो यहाँ छ [FACEBOOK सुवास मगर ]

टुइटरमा “म”

सामाजिक सन्जाल टुइटर मार्फत मलाई फलो गर्न चाहनुहुन्छ भने यहाँ जानुहोस [SUBASH TWITTER]

सात तले दरबार

नुवाकोट को एतिहासिक सात तले दरबार र संगै देखिएको भैरबी माई को गजुर

SUBASH BLOG म र मेरो रोजाई

म र मेरो रोजाई को ब्लग मा यहाँ लाइ स्वागत छ !!

Thursday, July 12, 2012

बुधबारे बसाइ को पहिलो-बुलबुल


आइतबार बज्दै आएको बुलबुल आज देखि बुधबार बज्न सुरु गरेको छ । आज बुधबारे बसाइ को पहिलो बुलबुल ! आज को बुलबुल मा केही रात्री गन्थन को साथ मा पंकज उदास का गजलहरु लिएर आएका छौँ 

 शरीर बिरामी भएर मात्र मान्छे बिरामी हुँदैन । मन बिरामी भए पनि बिरामी हुन्छ मान्छे । तर मन बिरामी भएको कमै मात्र देख्न सकिन्छ । त्यो त केवल त्यही व्यक्तिले देख्छ जसको मन बिरामी भएको छ । अरुहरुले त त्यही देख्छन्, जे देखिएको छ । मनको बिरामी शरीरमा उतार्न सकिने भए सारा अन्तरमुखी मान्छेले अरुहरुको करुणा बटुल्न आफ्नो मनको बिरामीपनलार्इ शरीरमा उतारिदिन्थ्यो ।

 मनको बिरामी अध्ययन गर्नका लागि सिग्मण्ड फ्रायडको अध्ययन गर्छौं हामी भने, सिग्मण्ड फ्रायडले कति अध्ययन गरे होला त मनहरुको ? मन आखिर मनै हो । कहिले खुशी हुन्छ, पुलकित हुन्छ - लाग्छ अब मुक्त छ हर दु:खदेखि । कहिले फेरि यही मन एक्लै एक्लै कुँडिन्छ । उ आफैं बुझ्दैन, किन दुखेको हो मन ।


Friday, July 6, 2012

झझल्को आषाढ पन्ध्रको


                               सदा झैं त्यस दिनपनी उहि समयमा म आफ्नो कार्य दिशा तिर लम्कदै थिए बिचैमा मेरो मोबाईलको घन्टीले मेरो सुन्यतालाई भङग गरिदियो एक जना मेरा मित्र ले टेलीफोन बाटै निमन्त्रणा गर्दै थियो एकछिन त अलमलमा परे तर दही चीउराको प्रस्ताबले मलाई थाहा भयो आज आषाढ पन्ध्र रहेछ ।
मन खुशीले प्रफुल्लीत भयो हर्षको कुनै सिमा नै रहेन किनकी आषाढ पन्ध्रमा गरिने रोपाँइ अनी संगै गुन्जीने पन्चे बाजा सहितको अषाढे भाका साथी सङगि संगै दहि चिउरा खाँदै हिलो खेलेको त्यो अबिस्मरणीय पल म त एकोहोरो टोलाउन थाले छु 


Wednesday, July 4, 2012

म र मेरो सुन्दर गाँउ


देखिन्छ बन शैलबाट भमरा डुलदै हिडेका कही ।
देखिन्छन् बनमा चरा चरहरु उड्दै हिडेका कही ॥


आहा कति सुन्दर मनमोहक रमणीय स्थल चारै तीर पहाडले घेरिएको कुना कन्दरा ताल तलैया अटुट रुपमा छङ छङ  झर्ने झरना बनमा चरा चरहरुका सुमधुर आवाज बिचमा समथर खेती योग्य भूमी साथमा बर्षादको त्यो उर्लदो भेलसँगै तादी खोलाको त्यो सुसाई जसले गर्दा साँच्ची नै सुन्यता र नैराश्यतामा विहल भैरहेको मष्तिस्कलाई केहि हद सम्म सान्त्वना दिइ वेदना र ज्वालाहरुले जलन भैरहेको मुटुलाई शितलता प्रदान गर्ने ठाउँ हो - मेरो गाउँ ।

असार साउनको झरि अनि तादीको उर्लदो भेल जीवन केही कष्टकर भएपनि आफ्नो पेसामा उत्तिकै कर्मठ रही सघर्ष शिल जीवन यापन गर्ने यहाँका किसानहरु साँच्चै परिश्रमी छन् । गाउँको मनोरम दृष्यले उन्मत्त त्यो वन पाखा असारे रोपाइ सगैँको त्यो गितको भाका अनि मंसिरमा धान भित्राउदाको खुशी साथी सङगिसगँ तादी खोलामा पौडी खेल्दाको त्यो रमाइलो क्षण आज पनि मेरो मन मस्तिष्कमा गुन्जीरहेको छ ।


मन को भाबना


एक्लै छु आफ्नै सम्झी डाक्ने कोहि भएदेखि
आए हुन्छ यो ज्यान तिरै ताक्ने कोहि भएदेखि
लामो यात्रा जिन्दगीको एक्लै काट्न कठिन हुन्छ
थकानले गल्दा रथ हाँक्ने कोहि भएदेखि
                    जसरी हर जिन्दगी समर्पण गर्छु तिम्लाई
                    मेरो लागि पनि देउता भाक्ने कोहि भएदेखि
                    म थप्नेछु सधैं उर्जा भाग्य आफैं चम्किनेछ
                    एउटा सानो प्रयास मा नै जिवन हाम्रो लम्किने