नमस्ते ! यो ब्लगमा तपाँइ लाई स्वागत छ ! www.subashmagar.blogspot.com म र मेरो रोजाइ..... सुबास आले मगर !!!.

Friday, July 6, 2012

झझल्को आषाढ पन्ध्रको


                               सदा झैं त्यस दिनपनी उहि समयमा म आफ्नो कार्य दिशा तिर लम्कदै थिए बिचैमा मेरो मोबाईलको घन्टीले मेरो सुन्यतालाई भङग गरिदियो एक जना मेरा मित्र ले टेलीफोन बाटै निमन्त्रणा गर्दै थियो एकछिन त अलमलमा परे तर दही चीउराको प्रस्ताबले मलाई थाहा भयो आज आषाढ पन्ध्र रहेछ ।
मन खुशीले प्रफुल्लीत भयो हर्षको कुनै सिमा नै रहेन किनकी आषाढ पन्ध्रमा गरिने रोपाँइ अनी संगै गुन्जीने पन्चे बाजा सहितको अषाढे भाका साथी सङगि संगै दहि चिउरा खाँदै हिलो खेलेको त्यो अबिस्मरणीय पल म त एकोहोरो टोलाउन थाले छु 


म टोलाउन पुगेको मेरो साथीलाई थाहा भए छ उसले फोन बार्टै झसङग पारीदीयो म त निन्द्रा बाट ब्यूझीए झै भए र बेलुकी सङगै भेटेर दहि चिउरा खाने सर्तमा हाम्रो टेलीफोन सम्बाद बन्द भयो । थाहै भएन अफिस पनि आईसकेछ हरेक दिन आउने अरबिक पत्रीका त्यस दिन पनी एउटा अरबिकले पढ्दै रहेछ मेरो प्रस्थान संगै उसले त्यो पत्रीका देखाउदै नेपालको बारेमा छापिएको कुरा बतायो म उत्सुकता पुर्बक हेर्न थाले जहाँ रोपाई गर्दै गरेका रोपार र आषाढ पन्ध्रको झझल्को थियो । उक्त तस्बिर जस्ताको तस्तै ....
























0 comments:

Post a Comment

यो लेख तपाईं लाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला धन्यबाद ।